गत वैशाखमा रिलिज भएको ‘ऊनको स्वीटर’ बक्सअफिसमा आक्रामक कमाइ गर्न सफल भयो। तर, त्यसपछि रिलिज भएका नेपाली फिल्मले भने खासै कमाउन सकेका थिएनन्।
यस्तोमा गत साउन २३ गतेबाट प्रदर्शनरत फिल्म ‘मोहर’ ले राम्रो व्यापार गर्न सफल भएको छ। यस फिल्मले चारसातामा ५ करोड ४२ लाख कमाइ गरेको छ।
निर्माणटिमले आइतबार चार साताको बक्सअफिस ग्रस कलेक्सन सार्वजनिक गरेको हो। योसँगै पल शाहको मुख्य भूमिका रहेको यो फिल्म वर्षको दोस्रो सुपरहिट फिल्म बनेको छ।
नाबालिग बलात्कार आरोप लागेका सफाइ पाएपनि पलका फिल्म चल्न सकेका थिएनन्। तर, यस्तोमा ‘मोहर’ ले राम्रो व्यापार गरेपछि पलको करिअरलाई राहत मिलेको छ।
‘देउकी प्रथा’ को कथा रहेको यस फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ। फिल्म मेकर्स प्रा. लिको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। यस फिल्ममा पलसहित नीति शाह, बेनिशा हमाल मुख्य भूमिकामा छन्।
Shares

प्रतिक्रिया