हिन्दी तथा मराठी सिरियलकी लोकप्रिय अभिनेत्री प्रिया मराठेको आइतबार ३८ वर्षको उमेरमा निधन भएको छ।
केही वर्षदेखि क्यान्सरबाट पीडित प्रिया मुम्बईनजिकै मीरा रोड क्षेत्रमा बस्थिन्।
प्रियाको निधन क्यान्सरकै कारण भएको परिवारले पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।
प्रिया मराठेले जी टीभीको लोकप्रिय सिरियल ‘पवित्र रिस्ता’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्, जसमा उनले अंकिता लोखंडेकी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन्।
साथै उनी ‘उत्तरन’, ‘कसम से’, ‘बडे अच्छे लगते हैं’, ‘साथ निभाना साथिया’जस्ता हिन्दी टीभी शोमा पनि देखिएकी थिइन्।
मराठी सिरियलमा प्रिया मराठेले 'चार दिवस सासूचे', 'या सुखानो या', 'तू तिथे मी', अलमोस्ट सुफल सम्पूर्ण', 'शतदा प्रेम करावे', तुझेच मी गीत गात आहे' और 'असी कशी कशी मी नांदायला'लगायतमा फरक-फरक भूमिका निर्वाह गरेकी छन्।
प्रिया मराठेका श्रीमान् शान्तनु मोघे पनि अभिनेता हुन्। उनीहरूले २०१२ मा विवाह गरेका थिए।
Shares

प्रतिक्रिया