दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ले अन्तर्राष्ट्रिय बजारमा इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन रहेको यो फिल्म पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसीमा प्रदर्शन हुन लागेको छ।
समीर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले जानकारी दिए।
'बलिदान'का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै चलचित्रप्रति व्यापक उत्साह जगाएको छ। यस चलचित्रमा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ।
आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको 'बलिदान’लाई नेपाली चलचित्रको साहसी कदमको रूपमा लिइएको छ।
72
Shares

प्रतिक्रिया