बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा यतिखेर फिल्म ‘परम सुन्दरी’को कारण चर्चामा छन्। जान्हवी कपुरसँगको उनको फिल्म हालै रिलिज भएको थियो। जुन फिल्मबाट उनी दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्।
तर, यसैबीच एउटा भिडिओ बाहिरिएको छ, जसले उनी विवादमा परेका छन्। सार्वजनिक भिडिओमा सिद्धार्थ हात्तीलाई पानी दिइरहेको देखिन्छ। सिद्धार्थ सेटमा रमाइलो गरिरहेको देखिए पनि उनको पानी दिने शैली केही मानिसहरूलाई मन परेन। यो कुरा यति बढ्यो कि उनी सामाजिक सञ्जालमा धेरै ट्रोल हुन थाले।
भिडिओमा उनले हातमा गिलास लिएको देखिन्छ। पहिले उनी आफैँ त्यो गिलासबाट पानी पिउँछन् र त्यसपछि त्यही पानी हात्तीलाई दिन्छन्। यस क्रममा, उनले मजाक गर्दै चियर्स भन्छन् र हात्तीलाई गुड गर्ल पनि भन्छन्। यसपछि, उनी ट्रोलको निशानामा परे।
भारतमा हात्तीलाई गणपति बप्पाको प्रतीक मानिन्छ। यही कारणले गर्दा धेरै प्रयोगकर्ताहरूले सिद्धार्थको यो कदमलाई भगवानको अनादर गरेको बताएका छन्। सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखे: हात्ती गणपतिको रूप हो, तपाईं यसलाई कसरी जुठो पानी दिन सक्नुहुन्छ? जबकी कोहीले भने कि एक ठूलो स्टार भएकोले उनले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने मत राखे। यद्यपि, धेरै प्रशंसकहरूले उनको बचाउ पनि गरे।
उनी अभिनीत ‘परम सुन्दरी’ २९ अगस्टमा सिनेमाघरहरूमा रिलिज भएको थियो। फिल्मले अहिलेसम्म २६.९५ करोड भारतीय रुपैयाँ कमाएको छ। तुषार जलोटाले निर्देशित यस फिल्ममा सिद्धार्थ र जान्हवीसहित सिद्धार्थ मल्होत्रा, सञ्जय कपुर, मनजोत सिंह र अभिषेक बनर्जीको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया