कला


सुनिता थेगिम र नोगेन लिम्बुको स्वरमा ‘च्याब्रुंङ्ग को तालैमा’ गीत सार्वजनिक

सुनिता थेगिम र नोगेन लिम्बुको स्वरमा ‘च्याब्रुंङ्ग को तालैमा’ गीत सार्वजनिक

नेपालखबर
भदौ १६, २०८२ सोमबार १७:२२, काठमाडौँ

गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा ‘च्याब्रुंङ्ग को तालैमा’ बोलको गीत सार्वजनिक भएको छ। लिम्बु संस्कृतिमा च्याब्रुंङ्गको विशेष महत्व रहेको छ। यही सांस्कृतिक भावनालाई आत्मसात् गर्दै गीत सार्वजनिक गरिएको हो। 

बिष्णु किराँतीको शब्द रहेको गीतमाअनील कोयीराइको संगीत  छ। गीतको भिडिओमा  सरोज खालिंग राई, अनुषा राई, सागर केरुङ्ग, निशान लुइंटेल, समिर जाबेगु, तुलषा लिम्बु, ससिता राई र सरिता हंस्रुम्बाको दमदार अभिनय देख्न सकिन्छ।

किरण राईले निर्देशन गरेको भिडिओमा छायांकन दिलिप थाम्सुहंग लिम्बु र सम्पादन स्वयं किरण राईकै रहेको छ। किरण राईले दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरि सकेका छन्।

उनको निर्देशनमा बनेको ‘ज्यु पैंचो’ ले राम्रो प्रतिक्रिया पाएको थियो। उनको निर्देशनमा बनेको चलचित्र ‘नाकछोङ’ ले पनि प्रसंशा पाइरहेको छ। निर्माता ज्योतीराज राईको निर्माणमा बनेको चलचित्र बेलायतमा प्रदर्शन भई सकेको छ भने अब युरोप , हङकङ, कोरिया, अष्ट्रेलिया, जापान, सिंगापुर, ब्रोनाई, मलेसिया लगायत स्थानमा समेत विशेष प्रदर्शन हुने तयारीमा रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad