कला


‘हरिबहादुरको जुत्ता’ को ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक

‘हरिबहादुरको जुत्ता’ को ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक

नेपालखबर
भदौ १६, २०८२ सोमबार १८:१७, काठमाडौँ

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक गरिएको हो।

दानबहादुर कार्कीको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका हुन्। गीतमा आशिष अविरल र मेलिना राईको स्वर सुन्न सकिन्छ।गीतको भिडिओमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्। जोडीको रुपमा रहेका प्रकाश र स्वस्तिमाले गीतमा छमछमी नृत्य गरेका हुन्।

कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले हरिबहादुर क्यारेक्टरमाथि फिल्म बनाउनुको कारण खुलाए। ‘हरिबहादुर क्यारेक्टरले यो क्षेत्रमा निरन्तरता दिन बल दियो। टेलिभिजनमा गर्न फण्डिङ जुटाउनुपर्यो, निरन्तरता दिन गाह्रो भयो। यो क्यारेक्टरलाई ठूलो पर्दामा लग्यो भने पछिसम्म रहन्छ भनेर। सिरियलमा भन्दा फिल्ममा सुरूदेखि अन्तिम क्यारेक्टरमा रहनुपर्ने रहेछ। टेलिभिजनमा हरिबहादुरले अरूलाई रूवाएको थियो। फिल्ममा आफै रोएको छ। यही फरक छ,’ उनले भने। 

अभिनेत्री स्वस्तिमा खड्काले हरिबहादुर आचार्यसँग काम गर्दा गर्व लागेको सुनाइन्। त्यसैगरि, अभिनेता सपुतले पनि हरिबहादुर आइकोनिक क्यारेक्टर भएकाले यस हरिवंशसँग स्क्रिन सेयर गर्न पाउँदा भाग्यमानी महसुस भइरहेको बताए। 

यस फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दीनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। यो फिल्म दसैँको अवसरमा फूलपातीको दिनबाट रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad