चर्चित गायक रोजमान महर्जनले पार्श्व गायनमा डेब्यु गरेका छन्। उनले अर्जुन घिमिरे (पाँडे) को निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा गीत गाएका हुन्।
हालै रोजमानले फिल्ममा समावेश भक्तिपुर्ण गीत ‘धन्य धन्य लोकेश्वर’ रेकर्ड गराएका हुन्। जुन गीतमा गीतमा रोजमानसहित गायिका रत्न शोभा महर्जनले स्वर दिएकी छिन्।
सुर मेलोडी रेकर्डिङ स्टुडिओमा रेकर्ड गरिएको गीतमा सुरेन्द्र श्रेष्ठको संगीत संयोजन छ। यसमा बाँसुरीमा रूबिन श्रेष्ठ, खिनरमादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ र गिटारमा पुनः सुरेन्द्र श्रेष्ठको प्रस्तुति छ। गीतको मिक्सिङ र मास्टरिङ पनि सुरेन्द्र श्रेष्ठले नै गरेका हुन्।
नेवा गीतसंगीतमा छुट्टै पहिचान बनाउन सफल रोजमान ऐला लुवया, सालगु गाचा लगायतका गीतहरू लोकप्रिय छन्।
यस फिल्ममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहनेछ। हाल छायांकन भइरहेको यस फिल्ममा गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य (मुन्नी), रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया