कला


नेपाल आएकी बलिउड अभिनेत्री मौनी पशुपतिनाथ मन्दिरमा

नेपाल आएकी बलिउड अभिनेत्री मौनी पशुपतिनाथ मन्दिरमा

नेपालखबर
भदौ २३, २०८२ सोमबार ११:५६, काठमाडौँ

यतिखेर चर्चित बलिउड अभिनेत्री मौनी रोय नेपालमा छिन्। केहीदिनअघि काठमाडौँ आएकी उनी घुमघाममा व्यस्त छिन्। सार्वजनिक तस्विरहरू देख्दा उनको भम्रण धार्मिक देखिन्छ। किनकी उनले पशुपतिनाथको दर्शन गरेकी छिन्।

पशुपति पुगेकाे फोटो सेयर गर्दै उनले चौथो ज्योर्तिलिंगको दर्शन गरेको भन्दै खुसी व्यक्त गरेकी छिन्। ‘पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय’ उनले लेखेकी छिन्।  

हल्का पहेँलो कुर्थामा मौनी आकर्षक देखिएकी छिन्। उनी सहयोगीसहित काठमाडौँमा आएको देखिन्छ।

मौनीले सन् २००६ मा टेलिभिजन शो ‘क्यूँ कि सास भी कभी बहु थी’ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। सन् २०११–२०१४ को शो ‘देवोका देव महादेव’मा उनी सतिदेवीको भूमिकामा देखिएकी थिइन्। मौनीले टिभी शो ‘नागिन’ बाट निकै चर्चा बटुलिन्।

सन् २०१८ मा ‘गोल्ड’बाट उनले बलिउड डेब्यू गरेकी थिइन्। सन् २०२२ मा रिलिज भएको आयन मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र: पार्ट वन’ मा उनी जुनुन पात्रको रूपमा देखिइएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad