कला


देशको सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ: हरिवंश आचार्य

देशको सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ: हरिवंश आचार्य

नेपालखबर
भदौ २५, २०८२ बुधबार १४:३५, काठमाडौँ

वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन-जी आन्दोलनमा भएको सम्पदा र सम्पतिको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले फेसबुकमा एक स्टाटस लेख्दै देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन्।   

उनी लेख्छन्, ‘नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखेल्नु हो। जेनजी आन्दोलनले अब भविष्यमा पनि कसैले पनि त्यो दुस्प्रयास नगर्ने गरि उखेल्दिएको छ। तर, देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ। त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन। सारा नेपाली जनाताको सम्पत्ति हो।’  

अब ती संरचनाहरूको पुर्ननिर्माण र संरक्षण गर्न जरुरी रहेको उनको धारणा छ। संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धेर्यता र सयंमित भएर अघि बढेर भोलीको उज्वल भबिष्य बनाउन सबै जुट्नु आवश्यक रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad