कला


‘जोली एलएलबी ३’ को ट्रेलरमा अक्षयकुमार र अर्शद वारसीबीचको टकराव

‘जोली एलएलबी ३’ को ट्रेलरमा अक्षयकुमार र अर्शद वारसीबीचको टकराव

नेपालखबर
भदौ २५, २०८२ बुधबार १६:१४, काठमाडौँ

अक्षयकुमार र अर्शद वारसी स्टारर बलिउड फिल्म ‘जोली एलएलबी ३’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर मुख्य कलाकार अक्षय कुमार र अर्शद वारसी वरिपरि घुमेको छ।

ट्रेलरको सुरूवातमा एक किसान र प्रहरी बीचको मुठभेड देखाइएको छ। जहाँ कसरी किसानको जग्गा जबरजस्ती हडप गरिन्छ भन्ने मुद्दा देखाइएको छ।

त्यसपछि कानपुरका जोली जी अथवा ​​अक्षय कुमार ट्रेलरमा प्रवेश गर्छन्, जसले आफ्नो चेम्बरमा आफ्नो सहायकलाई भन्छन् कि यदि कोही जोलीको बारेमा सोध्न आउँछ भने उसलाई मकहाँ पठाउनुहोस्।

अर्को जोलीले काम गरे पनि नभए पनि उसको पूरा तलब पनि लिन्छ। जब दुवै जोली आमनेसामने हुन्छन्, तब वास्तविक द्वन्द्व सुरु हुन्छ। जहाँ दुवै एकअर्काको ग्राहकको पछि लाग्छन्।

अक्षयले व्यापारीबाट पैसा लिएर किसानहरूको सम्पत्ति हडपेको मुद्दा लड्छन् भने अर्को जोली ​​अर्शद वारसी किसानहरूको अधिकार प्राप्त गर्न उनीहरूको विरुद्धमा उभिन्छन्। यस पटक न्यायाधीश सुन्दर लाल त्रिपाठीको समस्या अझ बढ्ने भएको छ, किनकि यस पटक उनले एक होइन दुई जोलीहरूसँग व्यवहार गर्नुपर्नेछ।

अक्षय र अर्शदबीचको नौंकझोकपूर्ण ट्रेलर निकै रोचक बनेको छ। कोर्टरुम ड्रामा फिल्मको ट्रेलरमा सौरभ शुक्ला पनि देखिएका छन्। हुमा कुरेशी पहिले नै यस फिल्मको हिस्सा थिइन्। तर, ट्रेलरमा निर्माताहरूले फ्यानहरूलाई अर्को ठूलो सप्राइज दिएका छन्। किनकी यस फिल्मबाट अमृता सिंह कमब्याक गरेकी छिन्।

अर्शद वारसीसँगै अमृता सिंह पनि यस फिल्ममा पुनरागमन गर्दैछिन्। उनी बाहेक हुमा कुरेशी पनि अक्षय कुमारकी श्रीमतीको रूपमा देखिनेछिन्।  

यो किसानहरूको जग्गा जबरजस्ती हडपिएको सत्य घटनाहरूबाट प्रेरित कथा हो। सुभाष कपुर निर्देशित यो फिल्म आउँदो १९ सेप्टेमबरमा रिलिज हुँदैछ। यो फिल्म ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो भाग हो।

पहिलो भाग सन् २०१३ र दोस्रो भाग २०१७ मा रिलिज भएको थियो। अब लगभग आठ वर्षपछि फिल्मको तेस्रो भाग रिलिज हुन लागेको छ। पहिलो र दोस्रो भागमा पनि अक्षयकुमार र अर्शद वारसी मुख्य भूमिकामा थिए।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad