कोशी


विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीयले थाले लुटपाट

विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीयले थाले लुटपाट

नेपालखबर
भदौ २५, २०८२ बुधबार १५:५४, विराटनगर

जेनजीको आन्दोलन लुटपाटमा परिणत भएको छ। सीमावर्ती क्षेत्रमहरु बढी लुटपाट भएका हुन्। भारतीय सीमा क्षेत्रबाट भारतीयहरू नेपाल प्रवेश गरेर लुटपाट मच्चाउन थालेका हुन्।

विराटनगर भन्सार कार्यालय परिसरमै चोरी तथा लुटपाट भएको छ। भारतीय सीमा क्षेत्रबाट प्रवेश गरेर आएका भारतीय लुटेराहरूको समूहले सीमा क्षेत्र रानीमा लुटपाट मच्चाएका हुन्।

उनीहरूले पुरानो भन्सार कार्यालय भित्र प्रवेश गरी हिजो आगजनी गरेका थिए भने आज बिहानै नेपाल प्रवेश गरेर लुटपाट मच्चाएका थिए। त्यहाँबाट नेपाल प्रहरीको टोलीले लुटपाटमा संलग्नहरुलाई लखेटेको थियो। 

त्यस्तै आईसीपीमा समेत लुटपाट भएको प्रहरीले जनाएको छ। अहिले सीमा क्षेत्रबाट तथा विभिन्न ठाउँबाट आपराधिक मानसिकता बोकेका व्यक्तिहरू विराटनगरका विभिन्न ठाउँमा समूह बनाएर हिँडेकोले त्यस्ता व्यक्तिलाई पहिचान गरी नियन्त्रणमा लिने काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव  यादवले बताए। 

‘विभिन्न समूहमा उछृङ्खल व्यक्तिहरू सक्रिय रहेकोले त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिईरहेको अवस्था छ,’ उनले भने, ‘यदी त्यस्ता जानकारी आउने बितिकै स्थानीयले प्रतिकार गर्न आग्रह गरेका छौँ।’

सबै संरचनाहरूमा अहिले सुरक्षा व्यवस्था परिचालन भइसकेकोले अहिले  सूचना आउने बितिकै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले तुरुन्त नियन्त्रणमा लिने काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad