कला


भोलिदेखि देशभरिका सिनेमा हल सञ्चालनमा आउने

भोलिदेखि देशभरिका सिनेमा हल सञ्चालनमा आउने

नेपालखबर
भदौ २९, २०८२ आइतबार १४:५२, काठमाडौँ

जेनजी आन्दोलनका कारण बन्द भएका देशभरका सिनेमाहलहरू भोलिबाट खुल्ने भएका छन्। आइतबार बसेको चलचित्र संघको बैठकले सोमबारदेखि हल सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने लागेको हो। तोडफोड र आगजानीबाट ध्वस्त  विराटनगरस्थित क्यूएफएक्सको हलबाहेकका अन्य १६४ वटै हल संचालनमा आउने बताइएको छ।

केही सर्तसहित हल खोल्न लागिएको संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापा जानकारी दिए। उनका अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालन हुनेछन्।

रात्रीकालिन शोलाई समेत कडाइ गर्दै राती १० बजेभित्र हल बन्द गर्ने गरि हल सञ्‍चालन गर्न लागिएको समेत उनको भनाइ छ।

सोमबारदेखि हल खुल्ने भएपछि हल संचालक सरसफाइमा जुटेका छन्। चलचित्र संघका अनुसार आन्दोलनका कारण देशभरका ५ वटा हलमा क्षति पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad