कला


सन् २०२६ मा हुने अस्कर अवार्डमा भारतबाट कुन फिल्म जाँदै छ?

सन् २०२६ मा हुने अस्कर अवार्डमा भारतबाट कुन फिल्म जाँदै छ?

नेपालखबर
असोज ६, २०८२ सोमबार १२:५७, काठमाडौँ

सन् २०२६ मा अमेरिकामा चलचित्रजगतकै प्रतिष्ठित ९८औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) हुँदै छ। यसपटक भारतबाट ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि नीरज घायवान निर्देशित फिल्म ‘होमबाउन्ड’ छनोट भएको छ।

‘होमबाउन्ड’ ले अस्करमा विश्वका सयभन्दा धेरै देशबाट सिफारिस भएका फिल्मसँग मनोनयनको लागि प्रतिस्पर्धा गर्नेछ। फिल्म फेडरेसन अफ इन्डियाले कोलकातामा छनोटको घोषणा गरेको हो। छनोट समितिका अनुसार भारतमा यसपटक विभिन्न भाषाका २४ फिल्म प्रतिस्पर्धामा आएका थिए।

यस फिल्मलाई करण जोहरले निर्माण गरेका हुन्। निर्माता जोहरको निर्माण कम्पनी धर्मा प्रोडक्सनले यस अवसरमा ट्विट गर्दै खुसी व्यक्त गरेको छ।

‘हामीलाई यो घोषणा गर्न पाउँदा गर्व छ कि होमबाउन्ड ९८औँ एकेडेमी अवार्डमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि भारतको आधिकारिक प्रवेश हो,’ट्विटमा लेखिएको छ।

यस फिल्ममा ईशान खट्टर, विशाल जेठवा र जान्हवी कपूर मुख्य भूमिकामा छन्। यसअघि थुप्रै फिल्म फेस्टिभलमा पुगिसकेको यस फिल्मले कान्स फिल्म फेस्टिभलमा ९ मिनेटसम्म ताली पाएको थियो। यस फिल्मले मुस्लिम र दलित पात्रहरूको दैनिक संघर्ष र साना–साना खुसीहरूलाई सूक्ष्म रूपमा समेटेको छ।

यसअघि अन्तर्राष्ट्रिय फिचर विधामा तीन भारतीय फिल्म ‘मदर इन्डिया’, ‘सलाम बम्बे’ र ‘लगान’ मनोनित भइसकेका छन्। सन् २०२३ मा निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटुनाटु’ उत्कृष्ट मौलिक गीत विधामा अस्कर जितेको थियो ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad