राज बहादुर सानेको निर्देशन रहेको फिल्म ‘लज्जावती’को शुभमुहूर्त गरिएको छ।
सोमबार दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर पशुपतिनाथ मन्दिर परिसरमा यस फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो।
यस फिल्मको शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन्। फिल्मका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि सिटामोल निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए। पशुपति आर्यघाटमा छायांकन गरिएको सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक सानेले जानकारी दिए।
आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन्। दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह-निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ। दिव्यलाई छायांकनमा सह छायांकारको रुपमा प्रवीन सुवेदीले सघाउनेछन्। सिनेमाका मुख्य सहायक निर्देशक विशाल बराल र मेकअप आर्टिष्ट रवी केसी हुन्।
काठमाडौं आसपासमा छायांकन गरिने सिनेमामा मुकुन, श्रीकृष्ठ, मेनुका र जानुकासहित माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतको अभिनय रहनेछ। सिनेमाको सम्पुर्ण प्रोस्ट प्रोडक्सनको काम सकिएपछि मात्रै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जनाएको छ।
Shares

प्रतिक्रिया