कला


रिमेक भर्सनमा आयो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’

रिमेक भर्सनमा आयो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’

नेपालखबर
असोज ७, २०८२ मंगलबार १४:५४, काठमाडौँ

लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक भर्सन सार्वजनिक गरिएको छ। ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ  स्वरुपमा म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

२०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको थियो। कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको  यो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’लाई राजु थापाले रिमेक गरेका हुन्। रि–एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन्  ।

राजु स्वर्गीय कृष्ण विक्रम थापाका जेठा छोरा हुन् । यो गीतमा शब्द, संगीत र स्वर कृष्णविक्रम थापाले दिएका थिए ।

आम नेपालीको जिव्रोमा झुन्डिएको लोकप्रिय गीत हो। सिन्धुलीको ऐतिहासिक र सांगीतिक पहिचान बोकेको यस गीतको भिडियो छायांकन पनि सिन्धुली जिल्लाकै रमणीय स्थानहरूमा गरिएको हो। बासु बरालको सिनेमेटोग्राफी रहेको भिडिओ निर्देशन क्रान्ति केसीले गरेका छन् ।

गीतको भिडिओमा रमेश विश्वकर्मा र दीप्सा कार्की, पवन केसी, सत्य देवी, पवित्रा रम्तेल तथा काजी थापाको अभिनय छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad