राजनीति


तीन सचिवको सरुवा : गृहमा दंगाल, रक्षामा अर्याल

तीन सचिवको सरुवा : गृहमा दंगाल, रक्षामा अर्याल

क्रमशः सुमनराज अर्याल, रामेश्वर दंगाल र गोकर्णमणि दुवाडी।


नेपालखबर
असोज ७, २०८२ मंगलबार १४:१६, काठमाडौँ

सरकारले तीन जना सचिवको सरुवा गरेको छ। यसअघिको मन्त्रीपरिषद् बैठकबाटै सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय भए पनि सरकारले सार्वजनिक भने गरेको थिएन। 

मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गर्ने निर्णय गरेको जानकारी गराएका थिए। तर उनले आफ्नै मन्त्रालयको सचिव सरुवा बारे भने बोलेका थिएनन्। 

गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। गृह सचिवको जिम्मेवारी यसअघि रक्षा मन्त्रालयमा रहेका रामेश्वर दंगालले पाएका छन्। रक्षा मन्त्रालयमा योजना आयोगबाट सुमनराज अर्याललाई ल्याइएको छ। 

जेनजी आन्दोलनपछि सरकारले गृह प्रशासनमा व्यापक हेरफेर गरिरहेको छ। प्रहरीको जिम्मेवारी पनि धमाधम हेरफेर भइरहेको छ।

सीआईबी र काठमाडौँ प्रहरी प्रमुखसहित झन्डै २ सय प्रहरीको यसबीचमा सरुवा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad