कला


निर्देशक सेनको दाबी: ‘बलिदान’ को मेकिङ र प्रस्तुति उच्च गुणस्तरको छ

निर्देशक सेनको दाबी: ‘बलिदान’ को मेकिङ र प्रस्तुति उच्च गुणस्तरको छ

नेपालखबर
असोज ८, २०८२ बुधबार १६:३५, काठमाडौँ

बहुप्रतिक्षित फिल्म ‘बलिदान’ फूलपातीको दिन असोज १३ गतेबाट रिलिज हुँदैछ। प्रदर्शनको संघारमा निर्देशक तथा निर्माता सन्तोष सेन आफ्नो फिल्मप्रति विश्वस्त देखिए।
 
सेनले ‘बलिदान’ को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गरे। उनले भने, ‘हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ। यी दुवै नै हाम्रो जीवनका आधार हुन्। यही आधारलाई चलचित्रमा समेटिएको छ। चलचित्र हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।’

चलचित्र केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताए।

‘हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो चलचित्र पर्दामा आउन लागेको हो। यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो,’ उनले भने ‘चलचित्रलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ। हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन्। साथै, चलचित्रले राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ।’ 

गत शुक्रबार सार्वजनिक गरिएको ‘बलिदान’ को ट्रेलरले नेपाली चलचित्र क्षेत्रमा व्यापक चर्चा पाएको छ। ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखिन्छ। 

‘आशुसेन फिल्म्स प्रालि’ को ब्यानरमा बनेको ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad