चर्चित लोकगायक प्रकाश दुतराजले नयाँ गीत ल्याएका छन्।
दसैँको अवसरमा उनको स्वरमा ‘छैन र माया’ बोलको गीत सार्वजनिक भएको छ।
दुतराजकै शब्द र संगीतमा बनेको गीत प्रेमिल खालको छ।
गीतमा प्रकाशसहित मेलिना राईको स्वर सुन्न सकिन्छ।
गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका छन्।
गीतको भिडिओमा प्रकाश र अञ्जिली जिसीको अभिनय छ।
मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडिओलाई अनिल के. मानन्धरले खिँचेका हुन्।
मुस्ताङ जिल्लाको तेताङ गाउँमा खिचिएको भिडिओ सुन्दर देखिन्छ।
गीतको भिडिओलाई नवीन घर्ती मगरले निर्देशन तथा सम्पादन गरेका हुन्।
सार्वजनिक भएसँगै यो गीत बिहीबारदेखिनै युट्युबदेखि टिकटकसम्म चर्चा पाइरहेको छ।
पछिल्लो समय दुतराजले मेलिनासँगको सहकार्यमा गीत ल्याउँदै आएका छन्।
दुवैको सहकार्यमा बनेका गीतहरू जुन माया, रिमै, रेशमु, राम साइँली हिट छन्।
भिडिओ-
Shares

प्रतिक्रिया