कला


‘अमर सिंह चमकिला’ बाट एमी अवार्डको मनोनयनमा परे अभिनेता दिलजीत दोसांझ

‘अमर सिंह चमकिला’ बाट एमी अवार्डको मनोनयनमा परे अभिनेता दिलजीत दोसांझ

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १५:४८, काठमाडौँ

विश्वको प्रतिष्ठित अन्तर्राष्ट्रिय एमी अवार्डको लागि मनोनयन सूची सार्वजनिक गरिएको छ। जसमा भारतीय गायक तथा अभिनेता दिलजीत दोसांझ उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन्। 

बिहीबार एमी मनोनयनको घोषणा गरिएको थियो। जहाँ भारतीय फिल्म ‘अमर सिंह चमकिला’ दुई विधामा मनोनयनमा पर्न सफल भएको छ। गत वर्ष रिलिज भएको नेटफ्लिक्स फिल्म ‘अमर सिंह चमकिला’ मा दिलजीत दोसांझलाई हलिउड स्टारहरूसँगै उत्कृष्ट अभिनयको लागि मनोनयन गरिएको छ। जहाँ डेभिड मिचेल, ओरियोल प्ला र डिएगो भास्केजको नाम पनि समावेश छन्। 

दिलजीतले इन्स्टाग्राम स्टोरीमा मनोनयन सूची सेयर गर्दै ‘अमर सिंह चमकिला’ का निर्देशक इम्तियाज अलीलाई धन्यावाद दिँदै लेखेका छन्, ‘यो केवल तपाईंको कारणले सम्भव भएको हो।’ 

साथै यस फिल्मले उत्कृष्ट टेलिभिजन फिल्म र मिनी-श्रृंखला श्रेणीमा मनोनयन गरिएको छ। ५३औँ अन्तर्राष्ट्रिय एमी अवार्ड २०२५ नोभेम्बर २४ मा न्यूयोर्कमा आयोजना हुनेछ, जहाँ विजेताहरूको पूर्ण सूची घोषणा गरिनेछ। 

यसअघि दिल्ली क्राइमले २०२० मा उत्कृष्ट नाटक शृङ्खलाको लागि एमी जितेको थियो भने वीर दासले २०२१ मा आफ्नो कमेडी शृङ्खला ‘वीरदासस् फर इन्डिया’ को लागि एमी जितेका थिए। 

गतवर्ष नेटफ्लिक्समा रिलिज भएको ‘अमर सिंह चमकिला’ दिलजीतसँगै परिणीति चोपडाको मुख्य भूमिका थियो। यो फिल्म पञ्जाबी गायक अमर सिंह चमकिलाको सांगीतिक करिअरमाथि आधारित छ। 

१९८० को दशकमा गायक अमर सिंह चमकिला पञ्जाबी संगीतको दुनियाँमा सबैभन्दा लोकप्रिय स्टार थिए। त्यस समयमा चमकिलाका क्यासेटहरू सबैभन्दा धेरै रेकर्ड र बिक्री भएका थिए।

लगभग आठ वर्षसम्म पञ्जाबी संगीत उद्योगमा प्रभुत्व जमाएका चमकिलाको ८ मार्च, १९८८ मा गोली हानेर हत्या गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad