विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशन रहेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर,दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन्। जसमा निर्देशक विल्सन आफैले अभिनय गरेका छन्।
ट्रेलर रिलिज अघि निर्माण टिमले दुई वटा गीत रिलिज गरिसकेको छ। एउटा लभ सङ रहेको थियो भने अर्को पुर्वतिर खुबै नाचिने नाच साकेला थियो। यतिबेला यसले निकै हाइप लिइरहेको छ।
निर्देशक राईकै कथा रहेको यो फिल्ममा पुर्वको इलाम पाँचथर आसपासमा खिचिएको हो। तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा धिरज र मिरुनासहित दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया