कला


हास्य कलाकारबाट एकैचोटि फिल्मको प्रमुख हिरो बन्दै प्रभात लामा

हास्य कलाकारबाट एकैचोटि फिल्मको प्रमुख हिरो बन्दै प्रभात लामा

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार ११:१८, काठमाडौँ

हास्य कलाकारितामा चर्चा बटुलिरहेका प्रभात लामाले अब फिल्म खेल्ने भएका छन्।

उनले किरण नेपालीको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘महादशा’मार्फत फिल्म क्षेत्रमा डेब्यु गर्ने भएका हुन्।

कलाकार लामाका अनुसार लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने उक्त फिल्ममा उनी पूजा शर्माको जोडी बन्ने छन्।

हास्य कलाकारबाट एकैचोटि ठूलो पर्दाको फिल्ममा मुख्य अभिनेताको भूमिका गर्ने अवसर पाउँदा लामा उत्साहित छन्। 

‘सिनेमाको अफर आएपछि मनैले यो यात्रामा लाग्नुपर्छ भनेझैँ लाग्यो। अभिनय गर्दै आएको धेरै भए पनि ठूलो पर्दाको मुख्य पात्र बन्नु भनेको बिलकुलै नयाँ अनुभव हो’, प्रभातले भने, ‘त्यसैले उत्साहसँगै अलिकति नर्भस पनि छु।’

फिल्मका लागि लामा र शर्मासँगै प्रमोद अग्रहरि, प्रेमा लामगाढे, हाकिम गुरुङ, उत्तम प्रधान, निरुता सिंह, श्याम मगर र रियर राईलगायत कलाकार फाइनल भइसकेको फिल्म निर्माण टिमले जानकारी दिएको छ। 

चर्चित र्‍यापर हाकिम गुरुङले पनि यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्दै छन्।

राजे के. शाह, श्याम मगर र अमला देवी राईको लगानीमा बन्न लागको फिल्मको कार्यकारी निर्माता सुरज आचार्य हुन्।

फिल्मको कथा तथा पटकथा मनीष गौतमले लेखेका हुन्।

निर्देशक नेपालीले आफ्नो फिल्मले समाजका विविध तह, मानवीय चुनौती र जीवनका मोडलाई रोचक ढंगले पर्दामा उतार्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad