कला


भाइटिकाको दिनबाट रिलिज हुने फिल्म ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला

भाइटिकाको दिनबाट रिलिज हुने फिल्म ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १३:४०, काठमाडौँ

कात्तिक ६ गते भाइटीकाबाट रिलिज भएको फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ। दयाहाङ राई र विजय बराल स्टारर मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो साे पाएको छ।

नेपाली फिल्म र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ। ‘धेरै चलचित्र रहेकाले सोही अनुसारको शो हाम्रो चलचित्रले पाएको छ। रिलिजपछि हाम्रो चलचित्रको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो चलचित्र बनाएका छौँ,’ निर्देशक सुरेन्द्र पौडेलले भने। 

‘वरिष्ठ बलराम’ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन्। ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले चलचित्र पनि त्यस्तै राम्रो रहेको र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ।

यस फिल्ममा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ।चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन्। लाइन प्रोडुसरमा राम विष्ट छन्। यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad