भोली भाइटिकाको दिनबाट फिल्म ‘सोल्टिनी’ को नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा एसडी योगी र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ।
यस गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत प्रशान्त सिवाकोटीको रहेको छ।
'सोल्टिनी' टिम हालै देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार प्रसार गरिरहेको छ। केन्द्रीय चलचित्र जाँच समितिबाट 'युनिभर्सल' प्रमाणपत्र प्राप्त गरेको यो चलचित्रलाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्।
अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ। फिल्ममा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय छ।
Shares

प्रतिक्रिया