समाज


कर्कटले गरेको प्रयत्न निष्फल हुने, सिंहलाई एकपछि अर्को अवसर, तपाईँको भाग्य कस्तो? हेर्नुस् ६ कात्तिकको राशिफल

कर्कटले गरेको प्रयत्न निष्फल हुने, सिंहलाई एकपछि अर्को अवसर, तपाईँको भाग्य कस्तो? हेर्नुस् ६ कात्तिकको राशिफल

ज्यो. मेनुका दाहाल
कात्तिक ६, २०८२ बिहिबार ४:३५, काठमाडौँ

आज बिहीबार, ६ कात्तिक २०८२ (२३ अक्टोबर २०२५)। हेर्नुस्

मेष: रमाइलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय प्रतिशत रहेको छ।

भाग्यशाली रङ आकासे र अङ्क ७  रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५४र शिक्षामा ७४ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७र सम्पूर्ण भाग्याङ्क ६१  प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने र निलो रङ्गको प्रयोग नगर्ने।

वृष: आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। महिला वर्गबाट विषेश सहयोग मिल्नेछ। वैदेशिक कार्यमा सहजता मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४८  रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ५८र शिक्षामा ६० सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७७र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने र खैरो रङ्गको प्रयोग नगर्ने।

मिथुन: आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। घुमफिरमा आकर्षण बढ्नेछ। सामाजिक कार्य अघि बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

भाग्यशाली रङ रातो र अङ्क ५  रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ७६र शिक्षामा ४० सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने र सजिलै अरुको विश्वास नगर्ने।

कर्कट: आजको प्रयत्न निष्फल जस्तै होला। उमङ्ग र उत्साहमा कमी आउनेछ। घर व्यवहारको समस्याले सताउनेछ। व्यापार व्यवसायमा बाधा आउन सक्छ। अनावश्यक झमेलामा परिएला। धेरै प्रयत्न गरे मात्र गरेको कमबाट फाइदा लिन सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क २  रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७र शिक्षामा ३९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ५५र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने र झुट नबोल्ने।

सिंह: आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।

भाग्यशाली रङ खैरो र अङ्क २ प्रतिशत रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६३र शिक्षामा ६० सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४९र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने र आज भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: आज धार्मिक कार्यमा सरिक हुने सम्भावना छ। आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वैदेशिक कार्य पनि अघि बढ्नेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४  रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ६४र शिक्षामा ५९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने र भरिसक्के लामो यात्रा नगर्ने।

तुला: आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। धार्मिक तथा लाभदायक यात्राहरू हुनेछ। वित्तिय संस्था र मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७  रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ५२र शिक्षामा ६४ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने र सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक: आज झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। भ्रमण, खानपान फेसन र लत्ता कपडामा बढी धन खर्च हुनेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ तर, जनताको गतिलो समर्थन पनि मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९  रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, वैदेशिक कार्यमा ४०र शिक्षामा ३९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३६र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने र तामसीक भोजन नगर्ने।

धनु: आज विभिन्न अवसरले पछ्याउनेछन्। चलाखी पूर्ण बोलीले काम बन्ला। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्। नजिकको मित्रसँग भेटघाट हुनेछ। पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८  रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७र शिक्षामा ६१ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने र छल कपट नगर्ने।

मकर: आज शुभ समाचार सुन्न पाइएला। लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ , तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला।

भाग्यशाली रङ पर्पल र अङ्क ६  रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ७४र शिक्षामा ६१ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५०र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने र छल कपट नगर्ने।

कुम्भ: आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। घरमा अतिथिको आगमन पनि हुनेछ। सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ। मनोरञ्जनमा सहभागिता भइएला।

भाग्यशाली रङ सेतो र अङ्क १  रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६र शिक्षामा ६९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने र उत्तर दिशा नजाने।

मीन: आजको दिन सामान्य रहने छ। कार्य सम्पादनमा समस्या आउला। प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो। एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १  रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२र शिक्षामा ३९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने र कालो रङ्गको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad