भाइटिकाको दिनबाट प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम’ मा समावेश गीत ‘न्याउली वनैमा’ करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको एक महिनामै यस गीतलाई एक करोड २ लाख पटक हेरिएको छ।
प्रशान्त शिवाकोटीको शब्द र संगीत रहेको यस गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर रहेको छ। टिकटकमा चर्चित यस गीतले युट्युबमा पनि लोभलाग्दो भ्युज बटुल्दै पछिल्लो समयका फिल्ममध्ये सर्वाधिक सफल गीत बन्न पुगेको छ।
गीतको भिडिओमा विजय बराल र समृद्धि अर्याल फिचर्ड छन्। प्रेमिल शब्दमा तयार पारिएको गीतले मायालाई मनमा राखेको भाव व्यक्त गर्छ।
सुरेन्द्र पौडेल निर्देशित फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ। निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन्।
Shares

प्रतिक्रिया