दसैँमा रिलिज भएका तीन नेपाली फिल्महरूको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ। जसमा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ ले घरेलु बक्सअफिसमा गत शनिबारसम्म ५ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
दोस्रो स्थानमा भने ‘हरिबहादुरको जुत्ता’ रहेको छ। यस फिल्मले गत शनिबार रातिसम्म बक्सअफिसमा ४ करोड ७० लाख रुपैयाँ ग्रस कमाएको छ।
मिलन तामाङ निर्देशित ‘माइतीघर’को कमाइ ४ करोड १२ लाख रुपैयाँ पुगेको छ।
यद्यपी, दसैँको फूलपातीबाट रिलिज भएका यी तीनै फिल्मको कमाइलाई अनमोल केसी अभिनीत ‘जेरी अन टप’ले उछिनेको छ। असोज ३१ गतेबाट प्रदर्शनरत यस फिल्मले नवौं दिनसम्म ६ करोड ५१ लाख ग्रस कलेक्सन गरेको छ। जुन निकै राम्रो हो।

प्रतिक्रिया