आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बाल कलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।
यस फिल्मलाई डेव्यु निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन्। उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन्।
यस फिल्ममा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ। सिनेमामा आलोक शुक्लाको छायांकन, समीररहिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।
यो सिनेमाको आगामी मंगलबार अर्थात् कार्तिक १८ गते ट्रेलर सार्वजनिक हुनेछ।
69
Shares

प्रतिक्रिया