कला


‘जेरी अन टप’ ले १० करोड कमाएसँगै अनमोलले दिए आफ्नो दु:खमा खुसी हुनेलाई यस्तो जवाफ

‘जेरी अन टप’ ले १० करोड कमाएसँगै अनमोलले दिए आफ्नो दु:खमा खुसी हुनेलाई यस्तो जवाफ

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १५:१, काठमाडौँ

हलमा प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ टिमले शुक्रबार १० करोड ग्रस कलेक्सन गरेको अवसरमा सेलिब्रेसन गरेको छ। आफ्नो फिल्मले १० करोड कमाएसँगै अभिनेता अनमोल केसीले सम्पूर्ण टिमलाई धन्यवाद दिए। किनकी यो अनमोलको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो।

साथै अनमोलले सेलिब्रेसन कार्यक्रममा अहिलेसम्म बोल्न नसकेका कुरा समेत खोले। व्यक्तिहरू अरूको दु:खमा धेरै खुसी हुने बताउँदै अहिले आफ्नो कामले साबित गरिसकेको बताएँ।

‘मान्छेहरू सबैभन्दा खुसी कहिले हुन्छन् तपाईंलाई थाहा छ? अरूको दु:खमा। अरूको दु:खमा मान्छेहरू सबैभन्दा बढी खुसी हुँदोरहेछ के। मैले यो चिज उहाँहरूलाई भनेको हो। र, मैले अहिलेसम्म यो कुरा बोलेको थिइनँ। किनकी मैले कामले प्रुभ गरेको थिइनँ। र, आज म बोल्दैछु किनकी मेरो कामले बोलिसकेको छ। फिल्मले बोलिसकेको छ,’उनले भने।

आफ्नो असफलतामा खुसी हुनेलाई उनले सधै खुसी हुन समेत सुझाए। आफूलाई गालि र आलोचना गर्नेलाई दर्शकहरूले जवाफ दिने उनको भनाइ छ।

उनले अघि थप्दै भने,‘आज मैले ती खुसी हुने व्यक्तिहरूलाई सम्झिन चाहेँ। जो मेरो डाउनफलमा खुसी हुनुभएको थियो। उहाँहरू सबैलाई म यो भन्न चाहन्छु। तपाईंहरू खुसी हुनुहोस्, धेरै खुसी हुनुहोस्। त्यतिबेला म बोलेको थिइनँ। आजपनि केही बोल्नेबाला छैन। किनभने अब मेरो भगवानस्वरुप दर्शकले तपाईंहरूसँग बोल्नेवाला छ। मेरो दर्शकले तपाईंहरूको गाली र आलोचनामा बोल्नेवाला छ। १० करोड ग्रस कलेक्सन पुर्‍याइदिनु भएकोमा सबै दर्शकलाई धेरै धेरै धन्यवाद।’

आफू जतिनै सफल भएपनि अहमता नआओस् भनेर भगवानसँग प्राथना गर्ने समेत उनले सुनाए।  ‘मेरो एउटै मात्रै इच्छा के छ भने भगवानसँग, हे भगवान जतिनै सफल किन नहोस्, ममा कहिल्यैपनि अहमता नआओस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad