कला


आफ्नो जन्मदिनमा शाहरुखले फ्यानहरूसँग मागे माफी

आफ्नो जन्मदिनमा शाहरुखले  फ्यानहरूसँग मागे माफी

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार ६:५४, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानले आफ्नो जन्मदिनमा भेट्न आएका प्रशंसकहरूसँग माफी मागेका छन्।

उनले आइतबार (नोभेम्बर २) बान्द्रास्थित आफ्नो घर 'मन्नत'मा ६०औँ जन्मदिन मनाइरहेका थिए। त्यस क्रममा उनलाई भेट्न ठूलो संख्यामा उनका फ्यान निवास बाहिर भेला भएका थिए। 

तर अधिकारीहरूले आफूलाई भिडमा नजान सल्लाह दिएकाले घरबाहिर निस्केर उनीहरूलाई भेट्न नसकेको भन्दै क्षमायाचना गरेका हुन्। 

शाहरुख खानले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘अधिकारीहरूले मलाई घर बाहिर नजान भनेकाले तपाईंहरू प्रियजनलाई भेट्न सकिनँ, जो मेरो प्रतीक्षामा हुनुहुन्थ्यो।’

उनले अगाडि लेखेका छन्, ‘तपाईंहरू सबैसँग दिलदेखि माफी चाहन्छु। भिड नियन्त्रण गर्न गाह्रो हुने भएकाले सबैको सबैको सुरक्षाका लागि यो कदम उठाइएको भनेर मलाई भनिएको छ।’

आफूलाई विश्वास गर्न आग्रह गर्दै शाहरुखले आफ्ना फ्यानलाई भेट्न नपाएकामा उनीहरू भन्दा आफू बढी दुःखी भएको पनि उल्लेख गरेका छन्।

आइतबार शाहरुखको जन्मदिनका अवसरमा उनका प्रशंसकहरूको ठूलो संख्या उनको बान्द्रा निवास 'मन्नत' बाहिर भेला भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad