बलिउड अभिनेता गोविन्दाले आफ्नी श्रीमती सुनिता आहुजाले आफ्नो पारिवारिक पुजारीबारे गरेको टिप्पणीको लागि माफी मागेका छन्। गोविन्दाले एक भिडिओ सार्वजनिक गर्दै मुकेश शुक्लासँग क्षमा मागेका हुन्।
‘आदरणीय पण्डित मुकेश शुक्ला जी एक उच्च योग्य, प्रामाणिक र उच्च प्रतिभाशाली व्यक्ति हुनुहुन्छ। यज्ञ अनुष्ठान र अभ्यासको गहिरो बुझाइ भएका उत्तर प्रदेशमा धेरै कम यस्ता चुनिएका व्यक्ति र परिवारहरू छन्। मलाई विश्वास छ कि तपाईं र तपाईंको परिवार तिनीहरूमध्ये हुनुहुन्छ। हाम्रो परिवार धेरै वर्षदेखि तपाईंको बुबा, आदरणीय जटाधारी जीसँग सम्बन्धित छ। मेरी श्रीमतीले तपाईंको बारेमा केही अपमानजनक शब्दहरू प्रयोग गरेकी थिइन्, जसको लागि म माफी चाहन्छु र तिनीहरूलाई खण्डन गर्छु।’
पण्डित मुकेशसहित उनको परिवार कठिन समयमा आफ्नो साथमा रहेको बताउँदै आफूले सम्मान गर्ने उनको भनाइ छ।
खासमा हालै गोविन्दाकी श्रीमती एक पडकास्टमा पुगेकी थिइन्। कुराकानीका क्रममा कार्यक्रम सञ्चालक पारसले भने, ‘हरेक ज्योतिषी सही हुँदैनन्’, जसको जवाफमा सुनिताले भनिन्, ‘हाम्रो घरमा पनि एक जना छन्, गोविन्दका पुजारी।’
साथै उनले ती पुजारीले पूजागरेबापत २ लाख भारतीय रुपैँया लिने गरेको समेत खुलाइन्।
उनले थपिन्, ‘उनीहरूले पूजा गर्छन् र २ लाख रुपैयाँ लिन्छन्। म तिमीलाई आफैं पूजा गर्न भन्छु। उनीहरूको पूजाले केही फाइदा गर्दैन। आफ्नै हातले गरिएको पूजा भगवानले स्वीकार गर्नुहुन्छ। म कसैलाई पैसा दिएर पूजा गर्दिनँ। डराउनेहरू मात्र डराउँछन्।’
Shares

प्रतिक्रिया