सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीय रहेको बताएका छन्।
सोमबार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।
समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरूलाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ।
उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्यान चलचित्र विकास बोर्डलाई आग्रह पनि गरे।
उनले चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरु चिर्न सरकार लागिपरेको समेत बताए।
चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको पनि बताए।
‘देश र समाजको हितअनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधीमा मैले के गर्नुपर्छ मलाई स्पष्ट रुपमा लेखेर ल्याउनुस् म गर्न तयार छु,' उनले भने, 'चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारको लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौं। नेपाली समाजको रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका भुल्न मिल्दैन।’
उनले भने चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया