म्युजिक नेपालसँगको सहकार्यमा नेपाल आइडल प्रतियोगीहरूले ‘ लैजाउ कि कतै मलाई’ बोलको गीत ल्याएका छन्। सरित राईको संगीत एवं अरेन्जमेन्टमा तयार गीत म्युजिक नेपालको आधिकारिक युट्युबमा उपलब्ध छ।
लोक फ्युजन शैलीको लिरिकल गीतमा मिलन विश्वकर्मा, सलिना बीके र आशिष महरले आवाज दिएका छन्। तीन जनाको सामूहिक स्वर रहेको गीतले प्रेम, चाहना र पुरानो दिनको सम्झनालाई विषय बनाएको छ। गीतलाई शैलेश गिरीले रचना गरेका हुन्।
यो गीत नेपाल आइडल सिजन ६ का प्रतिभा र म्युजिक नेपालबीचको सहकार्यमा सिर्जना गरिने १२ गीतमध्येको एउटा गीत हो।
संगीतमा नेपालको अग्रिनी संस्था म्युजिक नेपालले आइडलको सिजन ६ का प्रतिभालाई अवसर दिने सम्झौताअनुरुप यो गीतको सृजना गरिएको हो।
यो गीतमा स्वर दिने मिलन विश्वकर्मा नेपाल आइडल सिजन ६ का प्रतिस्पर्धी हुन्। नेपाल आइडल सिजन ६ को उपाधि गंगा सोनामले जितेकी थिइन्।
प्रस्तुत गीतको ध्वनि डिजाइन, मिक्सिङ र मास्टरिङ मुम्बईमा काम गर्दै आएका इन्जिनियर आर्यमान सार्कीले गरेका हुन्। गीतमा बाँसुरी, तन्मय मणि (पश्चिम बंगाल), सितार, शुभंकर हजारिका (असम) र गितार एलुहिन इयाजको रहेको छ।
Shares

प्रतिक्रिया