कला


दुई सातामै ‘परान’को कमाइ साढे सात करोड

दुई सातामै ‘परान’को कमाइ साढे सात करोड

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १२:२२, काठमाडौँ

देशभर प्रदर्शनरत फिल्म ‘परान’ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। 

निर्माण टोलीले सार्वजनिक गरेको रिपोर्टअनुसार, फिल्मले दुई सातामा साढे सात करोड ग्रस कलेक्सन गरेको छ। आजदेखि तेस्रो सातामा प्रवेश गरेको फिल्मले अझै पनि दर्शकको राम्रो साथ पाइरहेको छ।

दोस्रो साता गरेको कमाइबारे चलचित्र विकास बोर्डको रिपोर्ट आउन भने बाँकी नै छ। गत सोमबार बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार, ‘परान’ले नौ दिनमा तीन करोड ७१ लाख ग्रस कलेक्सन गरेको देखिन्छ। बोर्डले कात्तिक २२ गते शनिबार मध्यरातिसम्मको विवरण सार्वजनिक गरेको थियो।

सुरुमा फिल्मको व्यापार न्यून थियो। प्रदर्शनको पहिलो दिन फिल्मले पाँच लाखको ‌ओपनिङ गरेको थियो। तर, तीन-चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थाल्यो। दोस्रो साताको शनिबार मात्रै एक करोडभन्दा बढीको कमाइ गर्न सफल भयो।

दीपकप्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा अभिनेता नीर शाह मुख्य भूमिकामा छ्न्। शाहसँगै फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।

यो फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad