कला


चितवन पुगेर दर्शक फकाउँदै ‘हर्ष’ टिम

चितवन पुगेर दर्शक फकाउँदै ‘हर्ष’ टिम

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १७:५२, काठमाडौँ

मंसिर १२ गतेबाट रिलिज हुने फिल्म ‘हर्ष’ निर्माण टिम यतिखेर प्रचारको लागि चितवन पुगेको छ। चितवन निर्देशक एकता पौडेलको गृहनगर समेत हो। त्यसैले पनि उनी चितवनमा सञ्चालीत विभिन्न स्कुल, कलेजदेखि मेला महोत्सवसम्म पुगेर सिनेमाको व्यापक प्रचार गर्दैछिन्।

यस सिनेमाको टिमले आज बिहान चितवनमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो। त्यसलगत्तै ग्लोरियस एकेडेमी स्कुल पुगेर विद्यार्थीलाई सिनेमाको बारेमा जानकारी दिएको थियो। आजै सिनेमाको टिम खेलकुद तथा वृहत व्यापारिक महोत्सव २०८२ मा पुगेर दर्शकसँग भेटघाट गर्नेछ।

निर्देशक एकता पौडेल, कलाकारहरु वर्षा राउत, सन्तोष पन्त, साइमन वादी र कोरियोग्राफर सुनिल क्षेत्रीको लगायत चितवन पुगेर फिल्मको बारेमा जानकारी दिए।

चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक एकता पौडेलले आफु चितवनको चेली भएकाले ‘हर्ष’ले चितवनवासीको माया पाउने बताइन् ।

‘मैले धेरै मेहनत गरेर सिनेमा निर्माण गरेकाले सवैको साथ र सहयोग पाउने अपेक्षा छ । यो सिनेमाकी मुख्य अभिनेत्री वर्षा राउतले ‘हर्ष’ एउटा पारिवारिक भएकाले सवैले मन पराउने विश्वास व्यक्त गरिन् ।

कलाकार सन्तोष पन्तले एउटा महिला निर्देशकले मेहेनेत गरेर सुन्दर सिनेमा निर्माण गरेकाले सवैले हेरेर साथ दिन आग्रह गरेका थिए । कोरियोग्राफर सुनिल क्षेत्रीले सिनेमा राम्रो बनेको हुँदै आज चितवनमा आयोजित महोत्सवमा विशेष प्रस्तुति लिएर आफु उपस्थिति भएको सुनाए।

चितवनमा नै सम्पूर्ण छायांकन भएको सिनेमा ‘हर्ष’ निर्देशक एकता पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

यस फिल्ममा वर्षासहित खगेन्द्र लामिछाने, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी  छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो। प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad