अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ ले १२ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ। गत असोज ३१ गतेदेखि प्रदर्शनरत यस फिल्मले एकमहिनामा यो आकंडा पार गरेको हो।
चलचित्र विकास बोर्डले सोमबार कात्तिक २९ गते शनिबारसम्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। जसअनुसार यस फिल्मको ३ लाख ८५ हजार ९२८ टिकट बिक्री भएको देखिन्छ।
निर्माणटिमले हालै चार सातासम्मको विश्वभरिको कमाइ सार्वजनिक गरेको थियो। चार सातामा यस फिल्मले विश्वभरिबाट २२ करोड ७३ लाख ग्रस आकंडा पार गरेको निर्माण टिमको दाबी छ। हाल भने यो फिल्म पाँचौँ सातामा प्रदर्शन भइरहेको छ।
सुयोग गुरूङ निर्देशित यस अनमोलसहित आँचल शर्मा र जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्कीलगायतको अभिनय छ। फिल्मको निर्माता सरोज न्यौपाने हुन्।
हेमराम बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्। यस फिल्मले सगरमाथा आरोहणदेखि त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ।

प्रतिक्रिया