कला


प्रचारप्रसारमा व्यस्त ‘हर्ष’ टिम

प्रचारप्रसारमा व्यस्त ‘हर्ष’ टिम

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १५:५९, काठमाडौँ

एकता पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘हर्ष’ को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ।  निर्माण टिमले शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको छ।

झापाको बिर्तामोडस्थित सिनेमाकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल, चिल्ड्रेन स्कूलमा पुगेर ‘हर्ष’को कथावस्तु बारेमा जानकारी दिँदै सिनेमा हेर्न आग्रह गरेका थिए।

लामो समयपछि नेपाली सिनेमामा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामाग्रीले देखाएको छ। आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमाले पछिल्लो समय नेपाली सिनेमामा पारिवारिक सिनेमाको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको निर्देशक पौडेलले बताइन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन्।

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

यस फिल्ममा खगेन्द्र र वर्षा सहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ। आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad