कला


‘धुरन्धर’ श्याडो पिक्चर्सले नेपालमा वितरण गर्ने

‘धुरन्धर’ श्याडो पिक्चर्सले नेपालमा वितरण गर्ने

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १६:१४, काठमाडौँ

नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘श्याडो पिक्चर्स’ कम्पनीले अब अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि  प्रभावशाली उपस्थिति बनाउन सफल भएको छ।

नेपाली चलचित्र ‘आउटल दफा २१९’ को निर्माण कम्पनीका रूपमा परिचित यो कम्पनीले बलिउडको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को नेपाल वितरण अधिकार लिएको हो। 

यससँगै जियो स्टुडियोजले श्याडो पिक्चर्सलाई आफ्नो अधिकारिक विक्रेता तथा वितरण साझेदारको रूपमा मान्यता प्रदान गरेको छ, जसलाई नेपाली चलचित्र क्षेत्रका लागि ठूला उपलब्धिका रुपमा लिन सकिन्छ साथै श्याडो पिक्चर्सले भारतको मुम्बईमा पनि आफ्नो शाखा विस्तार गरेको छ।

श्याडो पिक्चर्स र जियो स्टुडियोजबीचको यो सहकार्यले नेपालमा मात्र होइन,अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फिल्महरूका लागि नयाँ ढोका खुला गरेको छ। जियोको विश्वव्यापी ओटिटी प्लेटफर्ममा अब नेपाली चलचित्रहरू पुग्ने उच्च सम्भावना देखिएको छ, जसले नेपाली चलचित्रलाई विश्वभरि दर्शकसम्म पुर्‍याउने छ। विस्वास कम्पनिका डाइरेक्टर अफ विजनेश डिभोलप्मेन्ट अरुण रिजालले लिएका छन्  ।

जियो स्टुडियोजसँगको साझेदारी र विदेशी ठूलो बजेटका चलचित्रको आधिकारिक वितरण अधिकार प्राप्त गर्नु स्वयं नेपाली कम्पनीका लागि महत्त्वपूर्ण सफलता हो। यसले नेपाली चलचित्र बजारमा विश्वस्तरको व्यावसायिकता र अवसर भित्र्याउने अपेक्षा गरिएको छ।

श्याडो पिक्चर्सको यो कदमले नेपाली चलचित्र बजारलाई ग्लोबल वन–स्ट्रिममा लैजाने सम्भावना बढाएको अध्यक्ष अमित अग्रहरीले बताएका छन्। बलिउडका मल्टी स्टारकास्ट कलाकारहरू रहेको एक्सन-थ्रिलर फिल्म ‘धुरन्धर’ डिसेम्बर ५ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।

आदित्य धरको निर्देशनमा बनेको यो फिल्ममा रणवीर सिंह, संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad