कला


तीन साता नपुग्दै अर्जुन सापकोटाको गीत ‘झलिको’ करोड क्लबमा

तीन साता नपुग्दै अर्जुन सापकोटाको गीत ‘झलिको’ करोड क्लबमा

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १६:१७, काठमाडौँ

लोकगायक अर्जुन सापकोटाको गीत ‘झलिको’ करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको तीन साता नपुग्दै यस गीतलाई युट्युवमा एक करोड पटक हेरिएको छ। सार्वजनिक भएको १९ दिनमा गीतले करोड भ्युज पाएको छ। 

यस गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीको सुन्न सकिन्छ। 

लोकदोहोरी गीत ल्याउँदै आएका अर्जुनको यो सार्वजनिक भएसँगै यो गीत टिकटकदेखि सामाजिक सञ्जालमा छाएको थियो। जसकारण छोटो समयमै करोडौंको यात्रा तय गरेको छ। 

यस गीतबाट आफूले नसोचेको सफलता पाएको गायक अर्जुन सापकोटाले बताए। गीत सार्वजनिक भएसँगै दर्शकहरूबाट अरू गीतभन्दा फरक प्रतिक्रिया पाएको उनको अनुभव छ। 

यस गीतको शब्द रचना सन्तोष सापकोटाको हो भने संगीत अर्जुन स्वयंमको छ। कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतको हो। गीतमा प्रदीप रोदनको कविता वाचन छ। गीतका शब्दहरूले मायाको कुरा गर्छ। प्रेम जोडीको भावनाहरूलाई यसमा व्यक्त गरिएको छ। गीतको भिडिओमा भने वैदेशिक रोजगारीका लागि परदेश जाने युवाहरूको कथा छ। 

यसको भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायतको अभिनय छ। 

भिडिओको कथा दीपा सिंखडा र विशाल घिमिरेले तयार पारेका हुन्। कास्कीको घान्द्रुकमा छायांकन गरिएको भिडिओको निर्देशन विशालले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडिओमा बुद्ध थापाको छायांकन, दिन्शन शाहको सम्पादन छ।

गायक सापकोटाका यसअघि ‘पछ्यौरी लिसियो’, ‘बस्यौ अलक्कै’र ‘दु:ख साट्मला’ लगायतका गीतहरू चर्चित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad