कला


म्याग्दीबाट सुरु भयो ‘रोल नं. १’ को छायांकन

म्याग्दीबाट सुरु भयो ‘रोल नं. १’ को छायांकन

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १०:५४, काठमाडौँ

फिल्म ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ। दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको हो।  

फिल्मको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ। करिब डेढ महिनाको सेडुयल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए।

यस फिल्मको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन्।

फिल्ममा जोन योञ्जनको निर्देशन र कथा  रहेको छ। यस फिल्मले भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए।

सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फर्स्ट नै विद्वान हो अरु मुर्ख हुन् भन्ने कथा यो उठाउनेछ।

यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो। उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी थिए । अगाडि कालोपाटी थियो। नजिकै एक शिक्षिका थिइन्।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन्। महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ। 

शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रको चिफ एडी फिरोड खड्का छन्। प्रोडक्सन डिजाइनरमा कला संग्रौला, प्रोडक्सन हेड  मनोज जोशी छन्। मदन घिमिरेको सम्पादन रहनेछ।

निर्माता पौडेलको निर्माण रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad