कला


कस्तो छ दयाहाङ राई अभिनीत ‘मिरमिरे’ को टिजर?

कस्तो छ दयाहाङ राई अभिनीत ‘मिरमिरे’ को टिजर?

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १६:४९, काठमाडौँ

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को टिजर  सार्वजनिक गरिएको छ। टिजरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ।

टिजरमा बुवा र छोरीको भावनात्मक सम्बन्धलाई देखाइएको छ। आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ।

जहाँ बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन्। यसका लागि उनी स्कुलमा काम गर्छन्। छोरीले जानअनजानमा नै आमाको अभावको महसुस गरिरहेकी छन्।

सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन्। उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । दयाहाङ राई र प्रकाश सपूतसँग उनी प्रेममा रहेको हो कि भन्ने सिनेमाको संवाद र दृश्यले देखाएको छ। 

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ  र सिर्जनासहित प्रकाश सपूत, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल लगायतको अभिनय छ। 

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको यो माघ १ गतेबाट प्रदर्शन हुँदैछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad