आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’को जर्सिङ पौवामा धमाधम छायांकन भइरहेको छ।
त्यही क्रममा एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको गीत ‘पाकेको चिउरी’को गीतको भिडिओ सुटिङ भइरहेको हो। यस गीतको भिडिओमा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईली नाचिरहेका छन्। उनीहरूलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाई रहेका छन् भने शिव ढकालले खिचिरहेका छन्।
छायांकन भइरहेको गीतलाई मौसम अर्यालले लेखेका हुन् भने संगीत गायक एसडी योगीकै रहेको छ। दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा सुशील र रेश्मासहित सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको अभिनय छ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
Shares

प्रतिक्रिया