फिल्म ‘बोर्डर २’ बाट अहान शेट्टीको पहिलो झलक सार्वजनिक भएको छ। पोस्टर सार्वजनिक गर्दैं फिल्मको प्रदर्शन मिति तोकिएको हो। यो फिल्म आगामी २३ जनवरी सन् २०२६ मा रिलिज हुनेछ।
मंगलबार सार्वजनिक गरिएको पोस्टरमा अहान अफिसरको भूमिकामा देखिएका छन्। निर्माताहरूले जारी गरेको पोस्टरमा अहान शेट्टीलाई युद्धको बीचमा देखाइएको छ। उनको अनुहार रगतले लतपतिएको छ। बन्दुक बोकेका उनको आँखामा दृढ संकल्प झल्किरहेको छ। पोस्टको क्याप्सनमा लेखिएको छ, छालभन्दा बलियो। आँधीभन्दा पनि भयानक।’

यसैबीच, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यो पोस्टरमा टिप्पणी गरिरहेका छन्। पोस्टर अद्धभूत भएकोले अहानको बलिउडमा वास्तविक प्रवेश हुन लागेको उल्लेख गरेका छन्।
त्यस्तै, अहानको लुकको तुलना बोर्डरमा मुख्य भूमिका निर्वाह गरेका सुनील शेट्टीसँग गरिएको छ। ‘अहान शेट्टी ठ्याक्कै आफ्ना बुबा सुनील शेट्टी जस्तै देखिन्छन्। यस्तो देखिन्छ कि बोर्डर २ मा अहान होइन, अन्नाले सुनील शेट्टीको भूमिका निर्वाह गरिरहेकी छिन्।’
यो फिल्म सन् १९९७ मा रिलिज भएको क्लासिक ‘बोर्डर’ को सिक्वेल हो। यसमा सनी देओल, वरुण धवन र दिलजीत दोसांझ मुख्य भूमिकामा छन्। फिल्ममा वायु सेना, जमिन युद्ध र ठूला स्तरका युद्ध दृश्यहरू प्रस्तुत गरिएका छन्। निर्माताहरूले यसलाई अहिलेसम्म बनेका सबैभन्दा ठूला देशभक्तिपूर्ण फिल्महरू मध्ये एकको रूपमा वर्णन गरेका छन्।
Shares

प्रतिक्रिया