बलिउड अभिनेता प्रेम चोपडाको मुटुमा समस्या देखिएपछि भल्भ प्रत्यारोपण गरिएको छ।
यो कुरा उनका ज्वाइँ तथा अभिनेता शर्मन जोशीले पुष्टि गरेका छन्।
९० वर्षीय चोपडालाई हालै 'एक्युट एओर्टिक स्टेनोसिस' भएको पत्ता लागेको थियो, जुन मुटुको भल्भलाई क्षति पुर्याउने अवस्था हो।
यो अवस्थाले मुटु र शरीरका विभिन्न भागमा रगत पुर्याउने मुख्य धमनी एओर्टाको रक्त प्रवाहलाई असर गर्छ।
शर्मन जोशीले इन्स्टाग्राममा लेखेका छन्, 'बुबालाई एक्युट एओर्टिक स्टेनोसिस भएको पत्ता लागेको थियो, त्यसपछि ओपन-हार्ट सर्जरीबिना भल्भ प्रतिस्थापन गर्न टीएभीआई प्रक्रिया सफलतापूर्वक गरियो। अहिले बुबा घरमा हुनुहुन्छ र धेरै आराम महसुस गरिरहनुभएको छ।'
99
Shares

प्रतिक्रिया