त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ।
बिहीबार अपराह्न ४ः०० बजे हुने खेलमा लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्ने तालिका छ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।
लुम्बिनी इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।
आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ। फाइनल खेल यही मङ्सिर २७ गते हुने तालिका छ।
129
Shares

प्रतिक्रिया