कला


फिल्म ‘तलाश’ फागुनमा रिलिज हुने

फिल्म ‘तलाश’ फागुनमा रिलिज हुने

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १४:५६, काठमाडौँ

विश्व शान्ति फिल्म्स प्रालिले निर्माण गरेको फिल्म ‘तलाश’ फागुनमा रिलिज हुने भएको छ।

हस्त लिबाङको डेब्यु निर्देशकीय फिल्म मोरङ, धरान, इलाम र काठमाडौंमा छायांकन गरिएको छ।

निर्देशक लिबाङले समाजमा रहस्यमय तरिकाले घटने आपराधिक घटनाहरूसँग सम्बन्धित कथालाई फिल्ममा देखाइएको बताए।

उनले फागुनमा रिलिज हुने भनिए पनि कुन मितीमा रिलिज हुने भन्ने बारे आन्तरिक छलफलमा रहेको जानकारी दिए।

फिल्ममा एलिना बाँस्कोटा, राजकुमार लिङदेन, सोम लामा, बिमला खजुम, हस्त लिबाङ, अन्जिता नेम्वाङ, दिलीप ठकुरी, अजय खडका, मुकेश कालिकोटे, दावा मिङमार शेर्पा, पुन्य ओझा, सागर केरुङ, विमल ढुङ्गेल, बिक्रम धिमाल, प्रिति योगि, कल्याण राई, विश्व मुखिया लगायतको अभिनय छ।

फिल्ममा रोशन वान्तवा राई र उदय नेम्बाङको संगित, स्मिता दाहाल, मेलिना राई, उदय नेम्वाङ, दिनेश लिङदेन, यदु राई लकाल्द्री र रोशन सुवेदीको स्वर, दिनेश माङमुको नृत्य, विक्रम डिसीको छायांकन तथा पुण्य ओझाको द्वन्द्व छ।

फिल्मका कथा लेखक तथा निर्देशन सल्लाहकार दिनेश लिङदेन हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad