कला


बालेनको युट्युबबाट हटाइयो ‘झरीपछिको इन्द्रेणी’को गीत

बालेनको युट्युबबाट हटाइयो ‘झरीपछिको इन्द्रेणी’को गीत

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १४:५१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको युट्युब च्यानलबाट केही समयअघि ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ सार्वजनिक गरिएको थियो। तर, अहिले भने बालेनको युट्युब च्यानलबाट हटाइएको छ। 

गीत सार्वजनिक हुनुअघि निर्माताले बालेनको च्यानलबाट गीत आउने भन्दै निकै प्रचार गरेका थिए। तर, गीत अपेक्षाअनुसार चल्न सकेन। जसकारण सार्वजनिक भएको झण्डै एक महिनापछि गीत शनिबार हटाइएको छ। 

यस गीतलाई अहिले ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भएकै दिन १८ हजार भ्युज पुगेका छन्। 
यद्यपी, ओएसआरले डिजिटल अधिकार सबै किनेकाले गीत पुनः सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ। गीतमा वसन्त थापा र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। 

अर्जुन घिमिरे पाँडेको डेब्यु निर्देशनमा बनेको फिल्म आगामी पुस ३ गते सार्वजनिक हुँदै छ। फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, विमोचन दवाडी, जेसिका पोखरेललगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad