कला


चर्चामा एन्ड्रुले लगाएको नेपाली पोसाक, गायिका रचनाले दिएकी थिइन् उपहार

चर्चामा एन्ड्रुले लगाएको नेपाली पोसाक, गायिका रचनाले दिएकी थिइन् उपहार

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १२:५०, काठमाडौँ

नेपाल प्रिमियर लिग(नेपीएल) को दोस्रो संस्करण शनिबार सम्पन्न भयो। फिनालेमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स विजेता बन्यो। 

रमाइलो कुरा के छ भने फिनालेमा कमेन्टेटर एन्ड्रु लियोनार्ड नेपाली पोसाकमा देखिए। जसको यतिखेर निकै चर्चा भइरहेको छ।

हुन त पहिलो सिजनदेखि नै जोडिएका कमेन्टेटर लियोनार्ड नेपालमा निकै चर्चित छन्। उनलाई धेरैले ‘तक्लु दाइ’ उपनामले बोलाउने गर्छन्। 

तर, यसपटक भने उनले फिनालेमा दौरासुरुवाल र ढाकाटोपी लगाएर नेपालीको मन जिते। ढाकाको कपडामा नेपालको राष्ट्रिय फूल लालीगुराँस अंकित गरिएको थियो। जसले फिनालेमा रौनक थपेको थियो।

त्यो पहिरन एन्ड्रु लियोनार्डले कसरी तयारी गरे? धेरैलाई यो चासोको विषय हुनसक्छ। एन्ड्रु लियोनार्डलाई यो पोसाक गायिका रचना रिमालले उपहार दिएकी थिइन्। खेलप्रेमी रचना स्वयमले यसबारे जानकारी दिएकी हुन्।

टिकटकमा एक भिडिओ राख्दै आफूले दिएको उपहार एन्ड्रले फिनालेमा पहिरिएको बताउँदै रचनाले खुसी व्यक्त गरेकी छिन्।

‘मेरो सानो उपहारलाई स्विकार गरि फाइनल तयारी सेरेमोनीमा पहिरिदिनुभएकोमा धन्यवाद दादा। हजुरले नेपाल र नेपाली क्रिकेटलाई दिइरहनु भएको मायाको सदैव कदर गर्नेछौं,’उनले लेखेकी छिन्। 

रचनाले सार्वजनिक गरेको भिडिओमा उक्त पोसाकको तयारीदेखि फाइनलमा लगाएको सम्मको झलक देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad