असोज र कात्तिक दसैंतिहारको अवसरमा रिलिज भएका नेपाली फिल्महरुले उत्साहजनक साथ पाए। तर, मंसिरमा रिलिज भएका फिल्महरुले भने बक्सअफिसमा कमजोर बनेका छन्।
मंसिर पहिलो साता हलमा नयाँ नेपाली फिल्म नभएपनि दोस्रो साताबाट ‘हर्ष’ रिलिज भएको थियो। वर्षा राउत र खगेन्द्र लामिछाने निर्देशित यस फिल्मले पनि दर्शकहरुको साथ पाउन सकेन।
निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। जसकारण यस फिल्मप्रति धेरैले आशा गरेका थिए। न्युयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा बनाइसकेकी छन्।
तर, यस फिल्मले बक्सअफिसमा उछाल ल्याउन सकेन। प्रदर्शनको १६ दिनसम्म पनि फिल्मको ग्रस कलेक्सन २८ लाख ७६ हजार २८३ छ। जुन निकै कम हो। सोही अवधिसम्म फिल्मका ८ हजार ७६६ वटा टिकट बिकेका छन् ।
त्यस्तै, मंसिर १८ गतेबाट रिलिज भएको ‘अभिमन्यु:च्याप्टर १’ ले पनि राम्रो कमाइ गर्न सकेन। यस फिल्मले प्रदर्शनको १० औं दिनसम्म जम्मा २१ लाख १० हजार २०५ नेरु ग्रस कलेक्सन गरेको छ। फिल्मका ६ हजार ६८६ टिकट बिक्री भएका छन्।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ को कथा मुकेश खनालले लेखेका हुन्। यस फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन्। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
त्यस्तै, गत शुक्रबारदेखि दुई नेपाली फिल्महरु ‘पीआर: पर्मानेन्ट रेसिडेन्ट’ र ‘लोकन्ती’ रिलिज भएका थिए। जुन फिल्मको अवस्था पनि नाजुक छ। सुरुमै मल्टिप्लेक्समा न्युन शो पाएको ‘लोकन्ती’ दर्शकले आएको गएको पत्तो पाएनन्।
त्यस्तै, शोभित बस्नेत निर्देशित ‘पीआर’ को पनि दयनीय अवस्था छ। सोमबार मल्टिप्लेक्स हलहरुमा खासै शो देखिदैनन्। यद्धपी, बक्सअफिस रिपोर्टको लागि भने अर्को सोमबार नै कुर्नुपर्नेछ।
Shares

प्रतिक्रिया