कला


‘रमिताको पिरती’को ‘तिमी भए काफी’ गीतमा समीर र आनाको रोमान्स

‘रमिताको पिरती’को ‘तिमी भए काफी’ गीतमा समीर र आनाको रोमान्स

नेपालखबर
पुस १, २०८२ मंगलबार १६:२५, काठमाडौँ

माघको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ। यसको पोष्टर र टिजर सार्वजनिक भइसकेको छ।

फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह–अवरोहलाई प्रस्तुत गरेको छ। नायिका आना शर्माको फरक शैली र गेटअप, फिल्मको टिजरमा देखाइएको फरक किसिमको प्रस्तुतिले युवापुस्तामाझ यसका बिषयवस्तुहरु लोकप्रिय बनिरहेका छन्।

यसैक्रममा, यो फिल्मको ‘तिमी भए काफी’ बोलको गीत आज ललितपुरको लाबिम मलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो।

सार्वजनिक गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठको रोमान्स हेर्न सकिन्छ। थाइल्यान्डको रमणीय लोकेशनमा आना र समीर रोमान्टिक देखिएका छन्। आना थाइल्यान्डमा खुलेकी छिन्। फिल्मको कोरियोग्राफी, सिनेमाटोग्राफी लोभलाग्दो छ। यो गीतको भिडियोमा आना र समीरको सामिप्यतालाई बलियो रुपमा देखाइएको छ।

समीरकै स्वरमा समावेश यो गीतमा सास्वतको संगीत छ। झोलेको डीओपी रहेको यो गीतको भिडिओले दर्शकको मन जित्ने विश्वास गरिएको छ।

सुदिप्ताले निर्देशन गरेको यो फिल्मका  निर्माता सागर लम्साल हुन्। यो फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारहरुको अभिनय छ।

सुदिप्ताकै लेखनमा तयार भएको यो फिल्ममा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ। आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन्।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad