कला


नेपालमा पनि रिलिज भयो धर्मेन्द्र र अमिताभ अभिनीत ‘शोले: द फाइनल कट’

नेपालमा पनि रिलिज भयो धर्मेन्द्र र अमिताभ अभिनीत ‘शोले: द फाइनल कट’

नेपालखबर
पुस १, २०८२ मंगलबार १३:८, काठमाडौँ

बलिउडको चर्चित फिल्म ‘शोले: द फाइनल कट’ आजबाट नेपालमा प्रदर्शन भएको छ। यो फिल्म आजदेखि नेपालभरिका मल्टिप्लेक्स लगायतका हलहरूमा लागेको छ।

‘शोले’ रिलिज भएको ५० वर्ष पूरा भएको अवसरमा भारतसहित देशमा शुक्रबारदेखि पुन: प्रदर्शनमा आएको थियो। नेपालमा भने रिलिज हुने नहुने अन्यौलता थियो। तर, मंगलबारबाट क्यूएफएक्स, आइएनआई, वान सिनेमाज, बिग मुभिज लगायतका मल्टिप्लेक्समा रिलिज भइरहेको छ।

नेपालमा यस फिल्मलाई कुबेर सिने डिस्ट्रीब्युसनले प्रदर्शन गरिरहेको छ। सन् १९७५ मा रिलिज भएको ‘शोले’ भारतीय चलचित्र इतिहासकै सबैभन्दा प्रभावशाली फिल्ममध्ये एक मानिन्छ।

फोके र डल्बी ५.१ साउन्ड प्रविधिमा पुनःनिर्माण गरिएको यो संस्करण पुरानोभन्दा करिब १० मिनेट लामो छ, जसको कुल अवधि २०९ मिनेट रहेको छ।

नयाँ भर्सनमा सन् १९७५ मा सेन्सर बोर्डले हटाएको ठाकुरले गब्बर सिंहलाई मार्ने अन्त्य दृश्य पनि समावेश गरिएको छ। उक्त दृश्य त्यतिबेला अत्याधिक हिंसाको कारण हटाएर गब्बरलाई प्रहरीले पक्राउ गरेको दृश्य राखेर फिल्म रिलिज गरिएको थियो।

निर्देशक रमेश सिप्पीको यो क्लासिक फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन र अमजद खानको अभिनय रहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad